Rule 82
नोकरी अवधिको गणना
: (१) यस परिच्छेदको प्रयोजनको निमित्त नोकरी अवधिको गणना गर्दा सशस्त्र प्रहरी, नेपाली सेना वा नेपाल प्रहरी सेवा वा पदमा स्थायी नियुक्ति भई नोकरी गरेको जम्मा अवधि (बीचमा टुटेको भए सो टुटेको अवधि कटाई) लाई गणना गरिनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदान पाइसकेको व्यक्ति सशस्त्र प्रहरी सेवा वा पदमा पुर्नबहाली भएमा निजले पहिले पाएको उपदानको रकम फिर्ता गरेमा मात्र पहिलेको नोकरी जोडिनेछ ।
(३) उपनियम (१) बमोजिम नोकरी अवधि गणना गर्दा निलम्बन रहेको अवधिलाई समेत गणना
गरिनेछ ।